सगरमाथा चढ्न बहराइनका राजकुमार नेपालमा

<p>काठमाडौं । सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्न बहराइनका राजकुमारको टोली नेपाल आइपुगेको छ । बहराइनको डिफेन्स फोर्सको सैन्य जहाज मार्फत १६ जनाको उक्त टोली आज नेपाल आइपुगेको हो । यसअघि सगरमाथा क्षेत्रमा पर्ने लोबुचे र गोरखा जिल्लामा पर्ने मनास्लु हिमालको सफल आरोहण गरेको उक्त आरोहण समूह सगरमाथा आरोहणका लागि नेपाल आइपुगको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले [&hellip;]</p>

काठमाडौं । सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्न बहराइनका राजकुमारको टोली नेपाल आइपुगेको छ । बहराइनको डिफेन्स फोर्सको सैन्य जहाज मार्फत १६ जनाको उक्त टोली आज नेपाल आइपुगेको हो ।

यसअघि सगरमाथा क्षेत्रमा पर्ने लोबुचे र गोरखा जिल्लामा पर्ने मनास्लु हिमालको सफल आरोहण गरेको उक्त आरोहण समूह सगरमाथा आरोहणका लागि नेपाल आइपुगको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

बहराइनका राजकुमार सेख मोहम्मद आमाद अल कोलिफाका साथमा ३ बेलायती र बहराइन डिफेनस फोर्सका १३ रहेका छन् ।

उक्त आरोहण समूहले गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि सहयोग स्वरुप कोरोना विरुद्धको खोप समेत ल्याएका छन् । गत अक्टोवरमा मनास्लु आरोहणका क्रममा समागाउँका बासिन्दाले राजकुमारको समूहलाई भव्य स्वागत गरेको छ ।

Share News