इन्धनकाे मूल्य बढेसँगै हवाई भाडा पनि बढ्याे, यस्ताे छ नयाँ भाडादर

<p>काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धन मूल्य बढाएसँगै वायुसेवा प्रदायक कम्पनीले पनि हवाई भाडादर बढाएका छन् । वायुसेवा सञ्चालक संघले तयार पारेको विवरण अनुसार सबैभन्दा बढी ९० रुपैयाँ र न्यूनतम १० रुपैयाँले भाडा बढेको छ। हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ। बढेको इन्धनअनुसारको भाडादर नागरिक [&hellip;]</p>

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धन मूल्य बढाएसँगै वायुसेवा प्रदायक कम्पनीले पनि हवाई भाडादर बढाएका छन् ।

वायुसेवा सञ्चालक संघले तयार पारेको विवरण अनुसार सबैभन्दा बढी ९० रुपैयाँ र न्यूनतम १० रुपैयाँले भाडा बढेको छ।

हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ। बढेको इन्धनअनुसारको भाडादर नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेपछि लागू हुन्छ।

संघको विवरण अनुसार अधिकतम सरचार्ज वृद्धि हुने रुट काठमाडौं- धनगढी छ। यो रुटको सरचार्ज ९० रुपैयाँले वृद्धि भएको छ। यसैगरी न्यूनतम सरचार्ज वृद्धि भएको रुट अन्तर्गत धनगढी-महेन्द्रनगर र डोटी (साँफेबगर छन्। यी रुटको सरचार्ज १० रुपैयाँले वृद्धि भएको छ।

यस्ताे छ नयाँ भाडादर:

Share News