नेपाली कांग्रेसको महाधिवेशन भदौंमा, अर्को पार्टी छोडेर कांग्रेसको केन्द्रीय सदस्य चुनाव लड्न पाउने

<p>काठमाडौं । नेपाली कांग्रेस केन्द्रीयको महाधिवेशन अगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको छ । पार्टीले सदस्यता विस्तार तथा नविकरण, विभिन्न तहको लागि हुने अधिवेशनको मिति कार्यतालिका पनि सार्वजनिक गरेको छ । बैंठकले नेपाली कांग्रेस पार्टीका सबै तहका पदाधिकारी [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीयको महाधिवेशन अगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको छ । पार्टीले सदस्यता विस्तार तथा नविकरण, विभिन्न तहको लागि हुने अधिवेशनको मिति कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

बैंठकले नेपाली कांग्रेस पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि छ महिनाका लागि थप गर्ने निर्णय गरेको छ । कांग्रेसको २०१७ (संशोधन सहित) को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम पाँच वर्षको रहेको तर नेपालको संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने भएकोले सोही आधारमा पदावधि थप गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले अर्को पार्टीको केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गरी महाधिबेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाउने व्यवस्था पनि गरेको छ । नेकपा विभाजित भई निराश भएको नेताहरुलाई आकर्षिक गर्न कांग्रेसले यस्तो व्यवस्था गरेको हुन सक्ने जानकारहरु बताउँछन् ।

तर, पार्टीको केन्द्रीय सदस्यमा पदासिन व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनु पर्ने पदमा उम्मेदवार हुन पाउने वाहेक अन्य व्यक्ति जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति, महानगरपालिका र उपमहानगरपालिकाको सभापतिमा उम्मेदवार हुन नपाउने निर्णय पनि गरेको छ ।

Share News