बिपीलाई ७५ हजार दिँदा सूर्यबहादुरलाई २१ लाख चन्दा दिन्थे केडिया

<p>अघिल्लो रातको सल्लाहअनुसार भोलिपल्ट पीताम्बर दाइ (पिताम्बर दाहाल, ठाकुरराम बहुमुखी क्याम्पसमा प्राध्यापन गराउनु हुन्थ्यो) ले शंकर केडियाको गद्दीमा पुर्याउनुभयो । शंकर केडियाँ नाउँ चलेका वीरगन्जका व्यापारी थिए । उनी व्यापार उद्योग सबै गर्थे । राजनीति र पत्रकारितादेखि समाजिक कार्य गर्ने सबैसँग समान पहुँच राख्थे । उनका बारेमा मैले यस्ता कुरा सुनेको थिएँ । भेट भएको [&hellip;]</p>

अघिल्लो रातको सल्लाहअनुसार भोलिपल्ट पीताम्बर दाइ (पिताम्बर दाहाल, ठाकुरराम बहुमुखी क्याम्पसमा प्राध्यापन गराउनु हुन्थ्यो) ले शंकर केडियाको गद्दीमा पुर्याउनुभयो । शंकर केडियाँ नाउँ चलेका वीरगन्जका व्यापारी थिए ।

उनी व्यापार उद्योग सबै गर्थे । राजनीति र पत्रकारितादेखि समाजिक कार्य गर्ने सबैसँग समान पहुँच राख्थे । उनका बारेमा मैले यस्ता कुरा सुनेको थिएँ । भेट भएको थिएन । पीताम्बर दाइले केडियाबाट नियमित विज्ञापनको व्यवस्था म मिलाइदिन्छु, अखबारमा केही मद्दत गर्नुपर्छ भन्नुभयो ।

मैले केही पनि भनिनँ । उहाँसँगै केडियाको गद्दीमा पुगेँ । पीताम्बर दाइ पुग्नासाथ गद्दीमा बसिरहेकाहरु उठेर ‘माड्साब’ भन्दै नमस्कार गर्न थाले । उहाँको राम्रो पहुँच रहेछ । हामी पुगेको खबर तत्काल शंकरजीसामु पुग्यो र बोलाहट पनि आयो । शंकरजीले उठेर पीताम्बर दाइलाई नमस्कार गरे । अनि दाईले मेरो परिचय गराउँदै भन्नुभयो, ‘यिनी मेरो भाइ पुरुषोत्तम दाहाल हुन् । राष्ट्रपुकारमा काम गर्दै थिए, छाडेर अब नेपालवाणी प्रकाशित गर्न लागेका छन् । शंकरबाबुले सहयोग गर्नुपर्यो ।’

शंकर केडियाले चिया मगाए । त्यसै समय पन्चायतको कुनै सहायकमन्त्री त्यहाँ आएको खबर पुग्यो । उनले आफ्नो ‘मुन्सी’लाई भन े‘दुई हजार दिएर पठाउनु मलाई भेट्नु छैन ।’

म छक्क परे । सहाकयमन्त्री २ हजार लिन शंकर केडियाकहाँ पुग्दा रहेछन् र त्यति ठूलो अपमानित भएर पैसा लिन हिच्किचाउँदा रहेनछन् रु धत् म मनमनै पञ्चायती र पञ्चचरित्रमाथि धिक्कार गर्दै थिए ।

शंकरजीको उत्तर थियो, ‘सुर्यबहादुरलाई २१ लाख चन्दा दिएपछि मैले कोरियन एन्कर दूधको लाइसेन्स लिए । जसबापत झण्डै १ करोड २५ लाखभन्दा बढी कमाइ भयो । २१ लाख घटाउँदा १ करोड ४ लाख हात पर्यो । यो त व्यापार थियो । विपीलाई दिएको ७५ हजारको त मैले केही फाइदा लिइन ।’

शंकरजीले हामीपट्टि फर्केरक भन्दै थिए, ‘मन्त्रीहरु र अञ्चलाधीहरुलाई महिनावारी नभरी हुँदैन । २/४ हजार वेट र काम हेरेर दिनुपर्छ ।’ अनि उनले राष्ट्रपुकार र होमनाथ दाइ (होमनाथ दाहाल) को प्रशंसा गर्दै भने, ‘दाहालजीले मेराविरुद्ध खुब लेख्नुभयो, तर, केही माग्नुभएन उहाँ इमानदार हुनुहुन्छ ।’

र, उनले थपे, ‘म पनि कांग्रेस हुँ नि । मैले २०३६ सालको जनमत संग्रहमा विपी बाबु ९विश्वेश्वर प्रसाद कोइराला० आउनुहुँदा ७५ हजार चन्दा थिएको थिएँ । उहाँ खुसी हुनुभयो । के गर्नु बहुदलले जितेन ।’

शंकर केडियाको कुरा सुनेर मलाई रमाइलो गर्न मन लाग्यो । मैले सोधे, ‘प्रधानमन्त्री सूर्यबहादुर थापाले चाहिँ तपाईसँग निर्दललाई जिताउन चन्दा मागेनन् ?’ उनले साउतीको र उपेक्षाको स्वरमा भने, ‘किन नमाग्नु ? थोडासा पिचिक्क दिएको थिएँ ।’

मैले फेरि सोधेँ, ‘कति दिनुभयो रु’ सम्झना होला नि । एकछिन यस्तै जिरह गरेपछि उनले सुर्यबहादुरलाई ‘२१ लाख मात्र दिएँ’ भने । म छक्क परे । निर्दल जिताउन २१ लाख चन्दा दिएको थोरै भयो र बिपीलाई ७५ हजार दिएको धेरै भएर शंकरजी कांग्रेस भएको महुसस गर्दछन्, कसरी ?

मेरो यो प्रशनको उत्तर झन रमाइलो थियो । शंकरजीको उत्तर थियो, ‘सुर्यबहादुरलाई २१ लाख चन्दा दिएपछि मैले कोरियन एन्कर दूधको लाइसेन्स लिए । जसबापत झण्डै १ करोड २५ लाखभन्दा बढी कमाइ भयो । २१ लाख घटाउँदा १ करोड ४ लाख हात पर्यो । यो त व्यापार थियो । विपीलाई दिएको ७५ हजारको त मैले केही फाइदा लिइन ।’

उनको यस्तो तर्क सुनेपछि मैले केही भन्ने ठाउँ बाँकी नै रहेन । यो संवाद पीताम्बर दाइलाई त्यति मन परेको थिएन । उहाँमा शंकरजी रिसाउँछन् कि भन्ने चिन्ता थियो ।

(बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको ‘मेरो पत्रकारिता’ पुस्तकबाट साभार)

Share News