क्लब हिमालय नगरकोटमा आबीट्रेरीकाे न्यू इयर स्पेशल कार्यक्रम

<p>काठमाडौं । नगरकोटको क्लब हिमालय नगरकोटले नयाँ वर्ष २०२१ लाई विशेष बनाउने उद्देश्यका साथ डिसेम्बर ३१ र जनवरी १ तारिकमा प्रख्यात सांगितिक ब्याण्डहरुबाट सांगितिक कार्यक्रमका साथ न्यू इयर स्पेशल कार्यक्रम ल्याएको छ । आबीट्रेरी एक्सपेरियन्स २०२१ नाम दिईएको यस सांगितिक कार्यक्रममा सुवेक्षा राई कोइराला र सन्देश आशिस मर्हजन, सन्देश रोजिलेन्ड श्रेष्ठ, रन्जित नेपाली र ईलिमेन्स् [&hellip;]</p>

काठमाडौं । नगरकोटको क्लब हिमालय नगरकोटले नयाँ वर्ष २०२१ लाई विशेष बनाउने उद्देश्यका साथ डिसेम्बर ३१ र जनवरी १ तारिकमा प्रख्यात सांगितिक ब्याण्डहरुबाट सांगितिक कार्यक्रमका साथ न्यू इयर स्पेशल कार्यक्रम ल्याएको छ ।

आबीट्रेरी एक्सपेरियन्स २०२१ नाम दिईएको यस सांगितिक कार्यक्रममा सुवेक्षा राई कोइराला र सन्देश आशिस मर्हजन, सन्देश रोजिलेन्ड श्रेष्ठ, रन्जित नेपाली र ईलिमेन्स् ब्यान्डले आफ्नाे सांगितिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने डिजे वि.पी.एम, डिजे सेसी र डिजे दानले डिजेको भुमिका निर्वाह गर्ने हाेटलले जनाएकाे छ ।

विशेष गरी आन्तरिक पर्यटकलाई लक्षित गरी आयोजना गरिएको यस अफरमा १० हजार मै एक जोडीले बेड एण्ड ब्रेकफास्ट सहितको क्लब हिमालय नगरकोटमा मनोरम बसाई गर्न सक्नेछन् ।

२०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्वकैं उत्कृष्ट मध्येको ४२ वर्षको ईतिहास भएको क्लब हिमालय एस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।

Share News