रिलायन्स फाईनान्स १२ वर्षमा प्रवेश, एकैदिन उद्घाटन गर्याे १० नयाँ शाखा

<p>काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त रिलायन्स फाईनान्स १२ वर्षमा प्रवेश गरेको छ । स्थापनाको ११ वर्ष पार गर्दै फाइनान्स मंसिर १८ गतेबाट १२ वर्षमा प्रवेश गरेको हो । संस्थाको वार्षिक उत्सवको अवसरमा संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले संस्थाको नयाँ दश ओटा शाखा कार्यालयहरु उद्घाटन गरेका छन् । उनले [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त रिलायन्स फाईनान्स १२ वर्षमा प्रवेश गरेको छ । स्थापनाको ११ वर्ष पार गर्दै फाइनान्स मंसिर १८ गतेबाट १२ वर्षमा प्रवेश गरेको हो ।

संस्थाको वार्षिक उत्सवको अवसरमा संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले संस्थाको नयाँ दश ओटा शाखा कार्यालयहरु उद्घाटन गरेका छन् । उनले डिजिटल माध्यमबाट एकैदिन सितापाईला, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरीया, दमक, विर्तामोड, धुलाबारी, टाँडी र भैरहवा शाखाको उद्घाटन गरेका हुन् । संस्थाले काठमाडौंसहित २० ओटा शाखा कार्यालयमार्फत सेवा पुर्याउँदै आएको थियो ।

यससँगै वार्षिकोत्सवका अवसरमा संस्थाले ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरेको छ ।सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काठमाडाैं जिल्ला सलम्बुटार साँखु, काठमाण्डौ स्थित द्धन्द पीडित तथा अपांग समाज–नेपालमा आश्रीत गरिब तथा निमुखा घरबार विहिन सुस्त मनस्थिती भएका बालबालिकालाई आवश्यक पर्ने भौतिक सामाग्री वितरण गर्ने तथा लायन्स क्लव ईन्टरनेशनल द्यद्द, लायन्स क्लब काठमाण्डौ युनाईटेड सेन्ट्रल संगको सहकार्यमा माईती नेपाल काठमाण्डौलाई लत्ताकपडा सामाग्री वितरण गरेको छ ।

उक्त कार्यक्रममा रिलायन्सका अध्यक्ष कुश प्रसाद मल्ली, संचालक सुरकृष्ण बैद्य, संचालक रवि कृष्ण श्रेष्ठ, संचालक उपेन्द्र बहादुर कार्की, संचालक तुल्सी प्रसाद बराल, संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उप प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले उक्त सहयोग सामग्री हस्तातरण गरे ।

त्यस्तै, संस्थाले विभिन्न सरकारी गैर सरकारी तथा निजी कम्पनीहरुमा कार्यगर्ने कर्मचारीहरुको सुविधाको लागि उच्चतम प्रतिफलयुक्त सेभिङ खाता समेत संचालन गरेको छ । सो खाताबाट देशका विभिन्न क्षेत्रमा आबद्ध रही कार्य गर्ने विभिन्न तहका कर्मचारीहरुले यस संस्थामा संस्थागत रुपमा तलबी खाता वा स्वयमले व्यक्तीगत रुपमा खाता खोली कारोबार गर्न सक्ने जनाइएको छ ।

रिलायन्स फाईनान्स र सगरमाथा ईन्स्योरेन्स कम्पनीको सहकार्यमा खातावालहरुले ३ लाख रुपैयाँसम्मको दुर्घटना बीमा तथा विभिन्न १८ ओटा जटिल रोगको लागि १ लाख रुपैयाँसम्मको बीमा उपचार सुविधा पाउने छन् । साथै, उनीहरुले वार्षिक ७ प्रतिशतका दरले व्याज पाउनुका साथै नि शुल्क एटिएम कार्डसहितका सुविधा पाउने संस्थाले जनाएको छ ।

Share News