माउण्टेन इनर्जी नेपालको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

<p>काठमाडौं । भर्खरै मात्र सर्वसारधारणहरुमा सेयर निष्काशन गरी बाँडफाँड गर्न बाँकी रहेको माउण्टेन इनर्जी नेपालले सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको सेयर दाखिल खारेज लगायतको सेयरसंग सम्बन्धीत सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो प्रयोजनको लागि गत मंसिर ४ गते बिहीबार माउण्टेन इनर्जी [&hellip;]</p>

काठमाडौं । भर्खरै मात्र सर्वसारधारणहरुमा सेयर निष्काशन गरी बाँडफाँड गर्न बाँकी रहेको माउण्टेन इनर्जी नेपालले सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको सेयर दाखिल खारेज लगायतको सेयरसंग सम्बन्धीत सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सो प्रयोजनको लागि गत मंसिर ४ गते बिहीबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटल विच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो । यससँगै सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाईएको छ ।

अब उक्त सेयरहरु बांडफांट भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण तथा नेपाल स्टक एक्सचेजमा सूचिकरण पश्चात बाँडफाँटमा परेका सेयरधनीहरुको सेयर हितग्राही खातामा जम्मा गर्ने लगायत सेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण कामहरु एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ ।

उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

Share News