सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

<p>काठमाडौं । सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बैंकको प्रति अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको ३० लाख थान ८.५० प्रतिशत एसबिएल डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण भएको हो । उक्त सूचिकरण सम्बन्धि बैंक र नेप्सेबीच सम्झौता भएको छ । बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल मार्फत् उक्त [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बैंकको प्रति अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको ३० लाख थान ८.५० प्रतिशत एसबिएल डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण भएको हो ।

उक्त सूचिकरण सम्बन्धि बैंक र नेप्सेबीच सम्झौता भएको छ । बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल मार्फत् उक्त ऋणपत्र खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको उक्त ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले हस्ताक्षर गरेका थिए भने नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए ।

Share News