तिनाउ मिसनले सेयरधनीको खातामा पठाउन थाल्यो बोनस सेयर

<p>काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा बोनस सेयर जम्मा गर्न शुरू गरेको छ । बैंकले गत कार्तिक १९ गतेदेखि अद्यावधिक गराएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गर्न थालेको हो । विकास बैंकले २०७७ असार २५ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले पारित गरेको १२ प्रतिशत बोनस सेयर सेयरधनीहरुको [&hellip;]</p>

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा बोनस सेयर जम्मा गर्न शुरू गरेको छ । बैंकले गत कार्तिक १९ गतेदेखि अद्यावधिक गराएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गर्न थालेको हो ।

विकास बैंकले २०७७ असार २५ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले पारित गरेको १२ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो । बैंकले २०७६ असार ३१ गते पश्चात सेयर खरिद गरी कायम भएका सेयरधनीको डिम्याट खातामा सो मात्राको बोनस पठाउन थालेको हो ।

उक्त बोनस सेयर वापत लाग्ने कर सेयरधनी स्वयंले भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैले कर वापतको रकम जम्मा गरे पश्चात मात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुने भएकाले सो बोनस सेयर कर वापतको रकम सिद्धार्थ बैंकको खातामा जम्मा गरी भौचर स्क्यान गरी बैंककाे सेयर रजिष्टार सिद्धार्थ क्यापिटलमा इमेलमा पठाउन क्यापिटलले आग्रह गरेको छ ।

साथै, सेयरधनीको बोनस सेयर वापत तिर्नुपर्ने रकम सम्बन्धी विवरण सिद्धार्थ क्यापिटलको वेवसाइटबाट प्राप्त गर्न सकिन्छ ।

Share News