मिथिला लघुवित्तले तीन महिनामै कमायो २४२ प्रतिशत नाफा, प्रतिसेयर आम्दानी ५१ रुपैयाँ बढी

<p>काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा एक करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २४२.५२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिना अर्थात असोज मसान्तसम्ममा संस्थाले ४६ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको खुद [&hellip;]</p>

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा एक करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २४२.५२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिना अर्थात असोज मसान्तसम्ममा संस्थाले ४६ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद नाफासँगै खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । समिक्षा अवधिमा संस्थाले २ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा ३६ प्रतिशत अर्थात ६७ लाख ९५ रुपैयाँले बढी हो । संस्थाले गत आर्थिक वर्षको यसै अवधिमा एक करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, सो अवधिमा लघुिवत्तको सञ्चालन नाफा ७१ करोड ८४ लाख रुपैयाँबाट बढेर २ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन २८ करोड १७ लाख रुपैयाँबाट बढेर ४१ करोड १६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी एक अर्ब २ करोड रुपैयाँबाट बढेर एक अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको जगेडा कोषको रकम बढेर ८ करोड ४५ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको असोज मसान्तमा ६ करोड ३४ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित रहेको थियो ।
त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी ५१.७९ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.३३ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार ३१५ रुपैयाँ रहेको छ ।
त्यसैगरी, लघुवित्तको कष्ट अफ फण्ड र निष्क्रिय कर्जा घटेर क्रमशः ७.९४ प्रतिशत र १.३८ प्रतिशतमा झरेकोे छ ।

Share News