
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४.८८ प्रतिशतले बढेको छ । संस्थो गत आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा एक करोड २३ लाख रुपैयाँ नाफा गरेको थियो ।
लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको खुद ब्याज आम्दानी ३ करोड ५८ लाख रुपैयाँबाट बढेर ५ करोड ६३ लाख रुपेयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा एक करोड ९४ लाख रुपैयाँबाट बढेर २ करोड रुपैयाँ नाघेको छ ।
२६ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड २७ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको चुक्ता पुजी १९ करोड ९० लाख रुपैयाँ रहेको थियो भने जगेडा कोषमा २ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप ९४ करोड रुपैयाँबाट बढेर १ अर्ब ७० करोड पुगेको छ भने कर्जा १ अर्ब ६५ करोड रुपैयाँबाट बढेर २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
त्यसैगरी, संस्थाको निष्क्रिय कर्जा ०.६० प्रतिशतबाट बढेर १.९१ प्रतिशत पुगेको छ । कष्ट अफ फण्ड घटेर ७.२६ प्रतिशत र सीडी रेसियो बढेर २२६.६५ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १९.७० रुपैयाँ पुगेको छ । त्यसैगरी, संस्थाको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.४५ गुणा कायम भएको छ ।