काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा साढे १७ प्रतिशत घटी हो । गत आर्थिक वर्षमा संस्थाले ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्थाले १० करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुत गत आवको तुलनामा एक करोड ६७ लाख रुपैयाँ घटी हो । संस्थाले गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ११ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, सो अवधिमा लघुिवत्तको सञ्चालन नाफा ११ करोड ५६ लाख रुपैयाँबाट घटेर ९ करोड ६१ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ७ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी ८ अर्ब ११ करोड रुपैयाँबाट बढेर ८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
हाल एक अर्ब ३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषको रकम बढेर एक अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी(वार्षिक) २३.४३ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.५३ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९ सय ५६ रुपैयाँ रहेको छ ।
त्यसैगरी, लघुवित्तको कष्ट अफ फण्ड घटेर ५.५९ प्रतिशत र निष्क्रिय कर्जा बढेर ०.००५९ प्रतिशतमा रहेको छ ।
संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद(कर समेत) गरी २० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । संस्थाकाे उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेकाे छ भने संस्थाकाे आगामी वार्षिक साधारणसभाले भने पारित गर्न बाँकी रहेकाे छ । सभाले पारित गरेसँगै सेयरधनीले साे मात्राकाे लाभांश पाउनेछन् ।
८९ करोड ९३ लाख रुपैयाँ संस्थाकाे चुक्ता पुँजी १५ प्रतिशत बोनस सेयर पश्चात १ अर्ब ३ करोड रूपैयाँ पुग्ने छ ।