काठमाडौं । शिव श्री हाइड्रोपावरको सेयर रजिष्ट्रारमा धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर) सिद्धार्थ क्यापिटल नियुक्त भएको छ ।
यससँगै हाइड्रोको सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्न सकिने छ ।