कनेक्ट आइपिएस डिजिटल दक्षिणा: हरेक दिन १० जनालाई एक हजारकाे गिफ्ट भाउचर

<p>काठमाडौं । दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔँ दशैँ १५ दिनै कनेक्ट आइपिएस सँगै“ भन्ने योजना ल्याएको छ । यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेक्ट आइपिएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाइ हरेक दिन १० भाग्यशाली विजेताहरुले १ हजारको गिफ्ट भाउचार प्राप्त गर्न [&hellip;]</p>

काठमाडौं । दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔँ दशैँ १५ दिनै कनेक्ट आइपिएस सँगै“ भन्ने योजना ल्याएको छ । यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेक्ट आइपिएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाइ हरेक दिन १० भाग्यशाली विजेताहरुले १ हजारको गिफ्ट भाउचार प्राप्त गर्न सक्नेछन् ।

कनेक्ट आइपिएसमा रजिष्टर गरेका बैंकका ग्राहकहरुले http://www.connectips.com वा यसको मोबाईल एप्समा रहेको “ ट्रान्सफर डिजिटल दक्षिणा मा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकहरु मध्ये छानिएका १० दैनिक विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने कम्पनिले जनाएकाे छ ।

बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा एक पटक रजिष्टर गरी आफ्ना खाताहरु लिन्क गरी बैंकबाट वा अन्लाईनबाटै सेल्फ भेरिफाइ गराई सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आइपिएसको वेभसाइट http://www.connectips.com, यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल÷ईन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आइपिएसतथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको पेमेन्ट गेटवे लगायतका माध्यमहरु प्रयोग गर्न सक्नेछन् ।

Share News