काठमाडौं । कोरोना भाइरस महामारीबाट विदेशमा मृत्यु भएका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ । उक्त काेश मार्फत यस्ता परीवारहरुलाई आर्थिक सहायता गर्ने कम्पनिले जनाएकाे छ ।
कोशमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा कार्तिक मसान्तसम्म आवेदन दिन सक्नेछन् ।
यसरी प्राप्त हुनुे आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइनेछ कम्पनिले जनाएकाे छ ।