‘आइएमई पे’ डाउनलोड गर्नेको संख्या १० लाख नाघ्याे

<p>काठमाडौ‌ं । आइएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेकाे छ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित इएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेकाे हाे । डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार [&hellip;]</p>

काठमाडौ‌ं । आइएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेकाे छ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित इएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेकाे हाे ।

डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गरिने कम्पनिले जनाएकाे छ । यो योजना आजैबाट शुरु भइ अक्टोबर १५ सम्म कायम हुने कम्पनिले बताएकाे छ ।

कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकाल बताउँछन् । आमसेग्राहीहरूको विश्वास, आवद्ध व्यवसायीक साझेदारहरूको प्रयास र कर्मचारीहरूको लगनशीलता यो पहुँच विस्तारको मूख्य कारण रहेकाले यसको सम्पूर्ण श्रेय वहाँहरूलाई नै जाने ढकालले बताए ।

आइएमई पे बाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएकाे कम्पनिले जनाएकाे छ ।

Share News