काठमाडौं । सेन्ट्रल फाईनान्सले सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनमा आएसँगै सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा र आसपासका बासिन्दालाई गुणस्तरिय बैंकिङ्ग सेवामा सहज पहुंच पुग्ने फाईनान्सले जनाएकाे छ ।
यस वित्तीय संस्थाको चुक्ता पुंजी ८२ करोड ३४ लाख, निक्षेप रु. ४ अर्ब ८५ करोड ७३ लाख र कर्जा लगानी ३ अर्ब ५४ करोड ६१ लाख रहेको छ ।
संस्थाको काठमाडाैं चाबहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान, सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा गरी १२ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ ।
शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुंच बढाउने उद्देश्य अनुरुप धनुषाको जनकपुरमा थप शाखा खोल्ने प्रकृया अन्तिम चरणमा रहेको फाईनान्सले जनाएकाे छ ।