ललितपुर । श्री लालीगुरास सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा सो सेवा शुरु गरेको हो । एटिएम बुथको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गरेका थिए । संस्थाको २२ औ स्थापना दिवसको अवसरमा एटिएम सेवा शुरु गरेको हो।
करिब २१ हजार शेयर सदस्यले हिजो सबहीबारबाट एटिएम सेवा प्रयोग गर्न सक्ने संस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए । नले निकट भविष्यमा आफ्ना अन्य सुविधा काउण्टरहरुमा समेत एटिएम बुथ स्थापना गरी सेवा दिने बताए ।
संस्थाले बिहीबारबाटै आफ्नो लगानीमा स्थापना भएको श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योगको पनि उद्घाटन गरेको छ । उद्योगको संस्थाका अध्यक्ष श्रेष्ठ र कार्यकारी अधिकृत भण्डारीले गरेका थिए ।
संस्थाले बिहीबारबाटै दुग्धजन्य पदार्थ बिक्रि गर्न शुरु गरेको छ । कार्यकारी अधिकृत भण्डारीले व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, ध्युको बिक्रि वितरण शुरु गरेको जानकारी दिए ।
चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले दुग्ध उद्योग स्थापना गरेको हो ।
सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गरे । उनले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउँदै लैजाने बताए ।
ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ ।