काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठले आज पदबाट र प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामा दिएका हुन् ।
कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने असोज १२ गतेसम्म रहनेछन् ।
२०६२/०६३ को आन्दोलनपश्चात प्रेस काउन्सिलको सदस्यका रूपमा नियुक्त श्रेष्ठलाई सरकारले पटक पटक नियुक्त गरेको थियो ।
उनले अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको बताएका छन् । उनले राजीनामा दिएसँगै प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी सर्वसम्मतिले चयन भएका छन् ।