काठमाडाैं । एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत ‘कोभिड १९ रिभाइभल स्ट्राटिजी’ नामक नयाँ संस्थागत परामर्श सेवा सुरु गरेकोे छ । एनआईसी एशिया क्यापिटलले साना तथा मझौला उद्यमीहरुलाई लक्षित गर्दै याे सेवा सुरु गरेकोे हाे ।
हाल कोभिड– १९ ले साना तथा मझौला उद्यमीहरुका लागि निकै असहज परिस्थिति सिर्जना भई व्यवसाय संचालन गर्न अप्ठ्यारो परेको देखिकाले यस्ता व्यवसायलाई चुस्त दुरुस्त गराई पूनःसंचालन गर्न सहयोग गर्ने प्रमुख उद्देश्यका रहेकाे एनआईसी एशिया क्यापिटलले जनाएकाे छ ।