अब लघुवित्तका सञ्चालकले एक कार्यकालभन्दा बढी समितिकाे स‌ंयाेजकमा बस्न नपाउने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका सञ्चालकहरुका लागि नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशिका जारी गर्दै एउटा सञ्चालक एक कार्यकाल भन्दा बढी लगातार एउटै समितिमा संयोजक रहन नपाउने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘एउटा सञ्चालक एक कार्यकाल भन्दा बढी लगातार एउटै समितिमा संयोजक रहन पाउने छैन ।’ यो व्यवस्था [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका सञ्चालकहरुका लागि नयाँ व्यवस्था ल्याएको छ ।

राष्ट्र बैंकले आज एकिकृत निर्देशिका जारी गर्दै एउटा सञ्चालक एक कार्यकाल भन्दा बढी लगातार एउटै समितिमा संयोजक रहन नपाउने व्यवस्था गरेको हो ।

निर्देशिकामा भनिएको छ, ‘एउटा सञ्चालक एक कार्यकाल भन्दा बढी लगातार एउटै समितिमा संयोजक रहन पाउने छैन ।’
यो व्यवस्था अघिल्ला वर्षहरुमा थिएन । सञ्चालकले जति पनि कार्यकाल संयोजकमा बस्न पाउँथे ।

यस्तै राष्ट्र बैंकले समितिको बैठक कम्तीमा तीन महिनामा एक पटक बस्नु पर्ने जनाएकाे छ ।

Share News