लघुवित्तका सञ्चालकलाई राष्ट्र बैंकको पाठः शिष्ट बोल्नु, घृणा उत्पन्न हुने काम नगर्नु

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई शिष्ट बोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज लघुवित्तहरुका लागि एकिकृत निर्देशन जारी गर्दै लघुवित्तका सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार,कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्ने जनाएको हो । निर्देशिका भनिएको छ, ‘सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई शिष्ट बोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आज लघुवित्तहरुका लागि एकिकृत निर्देशन जारी गर्दै लघुवित्तका सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार,कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्ने जनाएको हो ।

निर्देशिका भनिएको छ, ‘सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्नेछ । संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु /गराउनु हुँदैन ।’
यस्तै बैंकले घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु /गराउनु नहुने पनि उल्लेख गरेको छ ।

Share News