सिद्धार्थ बैंकले असोज १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

<p>काठमाडौं । सिद्धार्थ बैंकले आगामी असोज १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले सो दिनदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा राख्ने भएको हो । बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले “सिद्धार्थ बैंक डिबेन्चर २०८४” नामक कूल तीन अर्ब रुपैयाँ बराबर [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले आगामी असोज १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले सो दिनदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा राख्ने भएको हो ।

बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले “सिद्धार्थ बैंक डिबेन्चर २०८४” नामक कूल तीन अर्ब रुपैयाँ बराबर अर्थात ३० लाखको ऋणपत्र जारी गर्ने भएको हो । जसमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्नेछ । सर्वसाधारणमा निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

यससँगै सर्वसाधारणले बाँकी रहेकाे ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउने बैंकले जनाएको छ । उक्त ऋणपत्र किन्न चाहने इच्छुकले असोज १६ गतेदेखि छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गतेसम्म खरिद गर्न सक्नेछन् । सर्वसाधारणहरुले न्युनतम २५ कित्तादेखि ऋणपत्र खरिद गर्न सक्ने छन् ।

७ वर्ष अवधि भुक्तानी भएको यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याज पाइने छ । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

Share News