यस कारण सर्याे नेकपा सचिवालय बैठक

<p>काठमाडाैं । आज दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालय समितिको बैठक भोलिका लागि सारिएको छ। नेकपा सचिवालय समितिका एक सदस्यका अनुसार बैठक मंगलबार साढे १२ बजेका लागि सारिएको हो। बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ। आजै बस्ने भनिएको बैठक ‘प्राविधिक’ कारण सारिएको बताइएको छ भने अर्काे गृहकार्य नपुगेको भन्दै पनि बैठक सारिएकाे बताइएकाे छ [&hellip;]</p>

काठमाडाैं । आज दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालय समितिको बैठक भोलिका लागि सारिएको छ।

नेकपा सचिवालय समितिका एक सदस्यका अनुसार बैठक मंगलबार साढे १२ बजेका लागि सारिएको हो। बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ।

आजै बस्ने भनिएको बैठक ‘प्राविधिक’ कारण सारिएको बताइएको छ भने अर्काे गृहकार्य नपुगेको भन्दै पनि बैठक सारिएकाे बताइएकाे छ । आईतबार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो।

बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायको नियुक्ति र पार्टी एकताका बाँकी कामका विषयमा एजेण्डा तय गरेको थियो।

Share News