काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पूर्वजानकारीविना विद्युत सेवा नियमित नभए तत्काल खबर गर्न आग्रह गरेको छ।
पूर्वजानकारी विना विद्युत सेवा नियमित नभए ऊर्जामन्त्री वर्षमान पुनको सचिवालय या विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले फेसबुकमार्फत् आग्रह गरेका हुन्।
उनले त्यसका लागि मन्त्रीको सचिवालयको हटलाइन नम्बर ११५१ या ९८५११०९८३५ नम्बरमा सम्पर्क गर्न भनेका छन्।
नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङले चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै आम मानिस फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने चिन्तामा देखिन्छन्।
दैनिक १६ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर आम मानिसको मन जितेका घिसिङलाई दोस्रो कार्यकाल पनि प्राधिकरणमा जिम्मेवारी दिनुपर्ने माग चर्को रुपमा उठिरहेको छ। उनको पक्षमा सडकमा समेत प्रर्दशन भइरहेको छ।