आजदेखि आन्तरिक हवाई उडान शुरु, भाडा बढ्यो कि बढेन ?

<p>काठमाडाैं । आजदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको हाे। उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ। सीमित सङ्ख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा [&hellip;]</p>

काठमाडाैं । आजदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको हाे।

उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ। सीमित सङ्ख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन्।

उनीहरुले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन्। कतिपय गन्तव्यमा न्यूनतम भाडादरमा नै सेवा सञ्चालन गरिने एयरलाइन्सले उल्लेख गरेका छन्।

आन्तरिक उडान सुरु भएसँगै सबैजसो एयरलाइन्सको पहिलो रोजाइ पर्यटकीय क्षेत्र पोखरा, चितवनलगायत गन्तव्य छन्। आज बुद्ध एयरले पहिलो उडान पोखरामा गरेको छ।

यती एयरलाइन्सले पनि पहिलो उडान पोखरा गर्दैछ। यतीले आज तीन उडान पोखरा, भरतपुर र विराटनगर उडान गर्नेछ। यता नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले असोज ५ गतेदेखि सञ्चालन हुने आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ। निगमले काठमाडौँदेखि देशका विभिन्न १० गन्तव्यमा हुने उडान तालिका बनाएको हो।

Share News