ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको छ: उपाध्यक्ष अग्रवाल

<p>काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड-१९ पश्चात ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको बताएका छन्। नेपाल महिला चेम्बरद्वारा आईतबार आयोजित नेपालको अर्थतन्त्रमा कोभिड-१९ को असर, चुनौती र अवसर विषयक अन्तक्रिया कार्यक्रम माझ उनले सो कुरा बताएका हुन । वेमिनार कार्यक्रम माझ प्रमुख वक्ताका रुपमा प्रस्तुती दिने क्रममा उपाध्यक्ष अग्रवालले लामो समयसम्म [&hellip;]</p>

काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड-१९ पश्चात ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको बताएका छन्। नेपाल महिला चेम्बरद्वारा आईतबार आयोजित नेपालको अर्थतन्त्रमा कोभिड-१९ को असर, चुनौती र अवसर विषयक अन्तक्रिया कार्यक्रम माझ उनले सो कुरा बताएका हुन ।

वेमिनार कार्यक्रम माझ प्रमुख वक्ताका रुपमा प्रस्तुती दिने क्रममा उपाध्यक्ष अग्रवालले लामो समयसम्म जारी बन्दाबन्दीले नेपालको उद्योग व्यापारको क्षेत्र नराम्रोसँग प्रभावित बनेको उल्लेख गर्दै खाद्यान्न, स्वास्थ्य सामाग्री वाहेकका अन्य क्षेत्रले ठुलो घाटा व्यहोर्नु परेको बताए । उनले निजी क्षेत्रले अप्ठयारो परिस्थितीको सामना गर्नु परेकोले देशको कुल गर्हास्थ उत्पादनमा ह्रास आएको बताउँदै अर्थतन्त्रमा परेको विविध असर बारे चर्चा समेत गरे ।

निजी क्षेत्र साथै अनौपचारिक अर्थतन्त्रलाई जोगाउने दायित्व सरकारको भएको कुरा राख्दै उनले बजेटबाट निराश बनेको निजी क्षेत्र मौद्रिक नितीबाट उत्साहित बनेको तर राहत वितरणमा ढिलाई भएको भन्दै कटाक्ष समेत गरे । उनले आर्थिक पुनरुत्थानका मोडल बारे चर्चा गर्दै सरकारले निजी क्षेत्रलाई त्राण दिन चुक्न नहुने राय पेश गरे ।

कार्यक्रम माझ उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष अग्रवालले ई कमर्श प्लेटफर्मको उपयोगिता, बिमा क्षेत्रको महत्व, कृषि क्षेत्रको सम्भावना, महिला उद्यमीलाई राज्यबाट प्राप्त हुन सक्ने सुविधा बारे भए गरेको प्रतिबद्धता र सेवा प्रवाह बारे वर्णन गर्दै विकसित परिस्थितीलाई मध्यनजर गर्दै दृढतापुर्वक अघि बढनुपर्ने जिकिर गरे ।

कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड-१९ बाट बढि जसो महिला उद्यमीहरु प्रभावित बनेको बताउँदै बिना धितो पाँच लाखसम्म र व्यक्तीगत वा सामूहिकरुपमा व्यवसाय गर्न चाहेमा १५ लाख रुपैयाँसम्म परियोजना धितोमा राखेर ऋण पाउने सुविधा उपयोग कसरी गर्न सकिन्छ भन्ने बारे प्रकाश पार्दै सहुलियतपुर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधिले महिला उद्यमीलाई दिइने ऋण, धितो र ब्याज अनुदानको व्यवस्था गरेको उल्लेख गरिन ।

साथै, उनले महिला उद्यमीहरुले भोगेका समस्यालाई हल गर्न नेपाल चेम्बरको साथमा महिला उद्यमीहरु आपसी समन्वयका आधारमा अघी बढनुपर्ने बताइन् । यस अघि उनले कार्यक्रका प्रमुख वक्ता चेम्बर उपाध्यक्ष अग्रवालको व्यक्तित्व र योगदान बारे प्रकाश पार्ने क्रममा उनमा आर्थिक क्षेत्रको बिषयगत ज्ञान प्रबल रहेको उल्लेख गर्दै प्रस्तुती निकै फलदायी हुने विश्वास व्यक्त गरेकी थिईन् ।

त्यसैगरि नेपाल महिला चेम्बरकी पूर्व अध्यक्ष समेत रहेकी इजरायलका लागि नेपाली राजदुत डा। अन्जन शाक्यले ईजरायलमा कोभिड-१९ ले पारेको प्रभाव र नेपाल एवम् इजरायल बीचका विविध आयाम बारे प्रकाश पार्दै नेपालमा लगानी भित्र्याउन कानुन बाधक रहेको औंल्याइन ।

 

Share News