काठमाडाैं । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने ५ वटा उद्योगहरुलाई कारबाही गरेकाे छ । विभागले काठमाडौंका ४ र भक्तपुरको १ उद्योगहरुलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गराउने गरी कारबाही गरेकाे हाे ।
विभागले शनिबार सूचना जारी गर्दै नेपाल कयाकल्पा उद्याेगकाे इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर, हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको जनाएकाे छ । विभागले सर्वसधारणलाई सूचनामार्फत ती स्यानिटाइजरहरु प्रयोग नगर्न आग्रह गरेको छ ।