नेपाल डेन्टल एसोसिएशनका सदस्यहरुले सांग्रिला बैंकबाट बिना धितो १५ लाखसम्मको कर्जा पाउने

<p>काठमाडाैं । नेपाल डेन्टल एसोसिएशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकबाट  बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने भएकाे छ । बैंक र  नेपाल डेन्टल एसोसिएशनबीच मंगलबार बैंकिङ सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हाे । बैंक र एसोसिएशन बिचकाे सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोशियसनका [&hellip;]</p>

काठमाडाैं । नेपाल डेन्टल एसोसिएशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकबाट  बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने भएकाे छ ।

बैंक र  नेपाल डेन्टल एसोसिएशनबीच मंगलबार बैंकिङ सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हाे । बैंक र एसोसिएशन बिचकाे सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोशियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका छन् ।

यस कर्जा अन्तर्गत कर्जावालाई एक लाख सम्मको कोभिड-१९ इन्स्योरेन्स निशुल्क प्रदान गरिने छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट एशाेसिएसनका सदस्यहरुले यो सेवा उपयोग गर्न सक्नेछन् ।

 

Share News