भोलिदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो, नयाँ मोडल यस्तो छ

<p>काठमाडौं ।  काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलाे भएको छ । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा अब भने केही खुकुलो हुने भएकाे हाे । काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले अब निषधाज्ञा खुकुलो गर्ने गरी गृहमा सिफारिस गरेका छन् । दोस्रो पटक बढाएको निषेधाज्ञाको समय आज राति सकिँदैछ । त्यसैले पनि आज रातिदेखि निषेधाज्ञा [&hellip;]</p>

काठमाडौं ।  काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलाे भएको छ । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा अब भने केही खुकुलो हुने भएकाे हाे ।

काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले अब निषधाज्ञा खुकुलो गर्ने गरी गृहमा सिफारिस गरेका छन् । दोस्रो पटक बढाएको निषेधाज्ञाको समय आज राति सकिँदैछ ।

त्यसैले पनि आज रातिदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ । उपत्यकाका सीडीओहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेर अनुमोदनका लागि मंगलबार गृह मन्त्रालयमा पठाएका छन् ।

सो मोडालिटी गृहबाट अनुमोदन भइसकेपछि सीडीओहरुले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएको निर्णय गर्ने छन् । उपत्यकाका एक सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार अब निषेधाज्ञा केही खुकुलाे हुनेछ । उनले नयाँ अबकाे माेडालिटी केही परिवर्तन गरेकाे बताए ।

नयाँ मोडालिटी यस्तो छ:

– दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्न दिने ।

-निजी सवारीलाई जोर विजोरमा चल्न दिने ।

-निजी कार्यालय, उद्योग एवम कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने दिने ।

-होटल रेष्टरेन्ट,सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने खुला गरिने छैन।

हिजो मात्रै काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले निषेधाज्ञा खुकुलो बनाउनु पर्ने प्रस्ताव गरेकाे थियाे । फाेरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न पनि माग गरेको थियाे ।

हिजाे फाेरमले निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको थियाे । साेही प्रस्तावलाई नै आधार मानेर लकडाउन खुकुलाे बनाउने प्रस्ताव गृह मन्त्रालयमा पठाइएकाे ती अधिकारीले बताए । उनका अनुसार अहिले तीन सीडीओहरुकाे बैठक बसिरहेकाे छ ।

उनका अनुसार काठमाडौँ भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाई गर्नसमेत सरकारलाई सुझाव दिएको छ ।

उद्याेगी व्यवसायीहरु पनि व्यापार व्यवसाय खोल्न पाउनु पर्छ भन्ने आवाज उठाइरहेका छन् । उनीहरु रोगले भन्दा पनि भोकले मरिने होकि भन्ने चिन्तामा रहेको बताइरहेका छन् ।

सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो । तयो लकडाउनको अन्त्य साउन पहिलो साता भएको थियो । त्यसपछि जिल्ला तथा स्थानीय तहले त्यहाँको अवस्था हेरेर निषेधाज्ञा गरिरहेका छन् । तर, कोरोना भाइरसको संक्रमण दर भने रोकिएको छैन ।

Share News