काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेकाे छ । मंगलबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन बुधबार बढेर प्रतितोला ९६ हजार ४ सय रूपैयाँमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । मंगलबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ६ सय रुपैयाँ बढी अर्थात ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँले बढेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन अर्थात मंगलबार १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।