काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नावय प्रमुख कार्यकारी अधिकृत (डीसीईओ नियुक्तीमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले अब बैंङ्क तथा वित्तीय संस्थाहरूको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस सिमिति आवश्य पर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैङ्कले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थामा सिफारिस समितिको अध्यक्ष सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सीईओ नै हुने व्यवस्था गरेको छ ।
आजस्रम्म सीईओले नै सिफारिस गरेर डीसीईओ हुन पाउने व्यवस्था थियो । निर्देशनमा भनिएको छ,‘नायब कार्यकारी प्रमुख पदमा बढुवा वा नयाँ पदपूर्ति प्रक्रियाबाट नियुक्ति गर्दा कार्यकारी प्रमुखको अध्यक्षतामा गठित उपसमितिको सिफारिसमा समितिले गर्नुपर्नेछ ।’