काठमाडाैं । टिसिएल ब्राण्ड विश्वको दोस्रो ठूलो ब्राण्ड घोषित भएकाे छ । विश्व बजारमा उत्पादन र ग्राहकहरुको रोजाईमा पर्न सफल टिसिएल ब्राण्डका घरायसी सामाग्रीको आधारमा यस पटक फेरी टिसिएल टिभी विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको हाे ।
नेपालमा पनि टिसिएल ब्राण्डका घरायसी सामाग्रीको माग बढ्दो छ । नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, चेष्टफ्रिजर, वाटर डिस्पेन्सर लगाएतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इओएल मार्फत नेपाली बजारमा बिक्री हुने गरेको छ ।
टिसिएल ब्राण्ड विश्वमा १५ वटा अवार्ड विजेता समेत भईसकेको छ । टिसिएलका २३ वटा आरएण्डडि सेन्टर, ७५ हजार कर्मचारी, २१ वटा मेनुफेक्चरी वेस रहेको र १६० वटा देशमा आफ्नो व्यापार विस्तार गरिसकेको छ । विश्वमा टिसिएलब्राण्डको मुल्याङकन २००७ मा ४०.१३६ अर्व आर.एम.वि. रहेकोमा १० वर्षमा बढेर ८ खर्क ६ अर्क ५६ कराेड आर.एम.वि. पुगेको छ । टिसिएल ब्राण्डको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ ।
टिसिएल टिभी सन् १९८१ मा सुरुवात गरेको पाईन्छ । आई.एच.एस. पछिको २०१६मा नै उत्कृष्ट टप ३ स्थान ओगट्न सफल भएको टिसिएल ब्राण्डका टिभी २०१८ देखि २०२० सम्म उत्कृष्ट टप २ स्थानमा पर्न सफल भएको छ । क्यु २, २०२० मा मार्केट सेयर को आधारमा टिसिएल ग्लोबल टप २ टिभी ब्राण्ड बन्न सफल भएको छ ।