
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको छ । सोमबार प्रतितोला ९६ हजार एक सयमा कारोबार भएको सुन मंगलबार घटेर प्रतितोला ९५ हजार ८ सय रूपैयाँमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । सोमबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार ३ सय रुपैयाँ घटी अर्थात ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य १० रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन अर्थात सोमबार १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।