आजदेखि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा खुला हुने, कर तिर्न जानै पर्ने

<p>काठमाडाैं । आजबाट सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुल्ने भएका छन् । सोमबार नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएसँगै आजदेखि बैंकका सम्पूर्ण शाखाहरु खुल्ने भएका हुन् । राष्ट्र बैंकले राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो [&hellip;]</p>

काठमाडाैं । आजबाट सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुल्ने भएका छन् । सोमबार नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएसँगै आजदेखि बैंकका सम्पूर्ण शाखाहरु खुल्ने भएका हुन् ।

राष्ट्र बैंकले राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेसँगै राष्ट्र बैंकले पनि बैंकका शाखाहरु खुला गर्न निर्देशन दिएको हो । राजश्व उठाउने म्याद २५ गतेसम्म छ । हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले सीमित शाखाहरु खालेर सेवा दिइरहेका छन् ।

Share News