काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंकका काउन्टर खुला गर्ने निर्देशन दिएको छ ।
राष्ट्र बैंकले आज एक परिपत्र सार्वजनिक गर्दै भदौ २३, २४ र २५ गते राजस्व बुझ्ने प्रयोजनका लागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पुर्ण काउन्टर खुला गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न भनेको हो ।
हाल धेरै बैक तथा वित्तीय संस्थाहरुका शाखा तथा काउन्टरहरु बन्द रहेको अवस्थामा राष्ट्र बैंकले यस्तो निर्देशन गरेको हो ।