३ वर्षपछि जग्गा कित्ताकाट खुल्यो, निषेधाज्ञामा कसरी होला कारोबार ?

<p>काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । विगत ३ वर्षदेखि प्रतिबन्ध गरेको कित्ताकाट शुक्रबारको मन्त्रिपरिषद् बैठकले खुल्ला गर्ने निर्णय गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अब जग्गा कित्ताकाट गर्न पाइने बताएको छ । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा [&hellip;]</p>

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । विगत ३ वर्षदेखि प्रतिबन्ध गरेको कित्ताकाट शुक्रबारको मन्त्रिपरिषद् बैठकले खुल्ला गर्ने निर्णय गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अब जग्गा कित्ताकाट गर्न पाइने बताएको छ ।
२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए ।

‘जग्गाको खण्डिकसम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ मन्त्रालयले जनाएको छ ।

जग्गा कित्ताकाट खोलेपनि हाल विभिन्न जिल्लामा निषेधाज्ञा छ । विभिन्न मालपोत कार्यालयहरु पनि बन्द अवस्थामा छन् । जग्गा कित्ताकाट गर्न पाइने भएपछि अब धेरैले जग्गा कित्ताकाट गर्न पाउनेछन् ।

Share News