काठमाडौं । सरकारले जग्गाको कित्ताकाट गर्न खुला गरेसँगै मालपोत कार्यालयहरू पनि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा अब निषेधाज्ञा भएपनि उपत्यकामा रहेका मालपोत कार्यालयहरु खोलिने तयारी भइरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभाग स्राेत बताउँछ ।
लामो समयदेखि बन्द भएका मालपोत कार्यालयहरु अझै बन्द गरे सेवाग्राहीहरुलाई समस्या हुने हुँदा निषेधाज्ञा भइरहे पनि मालापोत कार्यालय खोलिने बताइएको हो ।
३ वर्ष अगाडि भूमि सुधार मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाएको थियो । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सो प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।