काठमाडाैं । सुनको मूल्य आज पनि घटेको छ । आज सुनकाे मूल्य तीन सयले घटेर ९६ हजार १ सय रुपैयाँमा काराेवार भइरहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि ३ सय रुपैयाँले घटेर तोलको ९५ हजार ६ सय रुपैयाँ कायम छ ।
आज आइतबार चाँदीकाे मूल्य तोलाको १३ सय २० रुपैयाँ कायम भएको छ ।