मन्त्रिपरिषद् बैठक शुरु, अर्थमन्त्री कसलाई बनाउने बारे निर्णय हुने

<p>काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले ११ बजे बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले मन्त्रिपरिषद् बस्ने बताएका हुन् । सत्तारुढ नेकपाका नेता बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय बिहीबारको पार्टी सचिवालय बैठकले गरेको थियो।  बैठकले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीबारे टुंगो लगाइने [&hellip;]</p>

काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले ११ बजे बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले मन्त्रिपरिषद् बस्ने बताएका हुन् ।

सत्तारुढ नेकपाका नेता बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय बिहीबारको पार्टी सचिवालय बैठकले गरेको थियो।  बैठकले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीबारे टुंगो लगाइने पनि बुझिएको छ। २० गते अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिँदैछ ।

 

Share News