काठमाडौं । काेराेनाकाे कहरबिच ललितपुरको पुल्चोकमा रहेको युवाहरुले रातो मत्स्येन्द्रनाथको रथ तानेका छन् । असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै युवाहरुले बिहान ९ बजे रथयात्रा गर्न माग गर्दै प्ले कार्ड प्रदर्शन गरेका थिए ।
जनस्वास्थ्यका मापदण्ड पालन नगरी रथ तानेकाे हेर्नलाई ठुलाे संख्यामा मानिसहरुकाे भिड लागेकाे थियाे ।