समृद्धि फाइनान्सलाई हकप्रद जारी गर्न बोर्डको अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको छ । कम्पनीलाई चुक्ता पुँजीको एक बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै कम्पनीले साविकका सेयरधनीहरुलाई ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको छ । कम्पनीलाई चुक्ता पुँजीको एक बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो ।

यससँगै कम्पनीले साविकका सेयरधनीहरुलाई ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५४ करोड ५८ लाख रुपैयाँ नाघ्ने छ ।

Share News