सिद्धार्थ बैंक र कामना सेवाबीच विप्रेषण सम्झौता

<p>काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बैंकबीच विप्रेषण सम्बन्धी कारोबारको लागि सम्झौता भएको छ । दुई बैंकबीच उक्त कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता भएको हो । यससँगै, थप सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने छ । उक्त सम्झौता पत्रमा कामना सेवाका [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बैंकबीच विप्रेषण सम्बन्धी कारोबारको लागि सम्झौता भएको छ । दुई बैंकबीच उक्त कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता भएको हो ।

यससँगै, थप सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने छ ।

उक्त सम्झौता पत्रमा कामना सेवाका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Share News