सिटिजन्स बैंकको नाफा १ अर्ब ११ करोड

<p>काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । जुन  अघिल्लो आर्थिक वर्षभन्दा २३.७२ प्रतिशत घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंककाे खुद नाफासँगै वितरण याेग्य नाफा पनि घटेकाे छ । आर्थिक वर्षको सोही अवधिमा  [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । जुन  अघिल्लो आर्थिक वर्षभन्दा २३.७२ प्रतिशत घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंककाे खुद नाफासँगै वितरण याेग्य नाफा पनि घटेकाे छ । आर्थिक वर्षको सोही अवधिमा  १ अर्ब बढी रहेकाे बैंककाे वितरण योग्य मुनाफा गत असार मसान्तसम्ममा जम्मा ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ।

हाल बैंककाे चुक्ता पुँजी ९ अर्ब ८ करोड रूपैयाँ रहेकाे छ । त्यस्तै, जगेडा कोषमा रकम बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेकाे छ भने सेयरधनी काेषमा घटेर  ८७ करोड ७४ लाख रुपैयाँमा सीमित छ ।

समीक्षा अवधिमा ८८ अर्ब ५१ करोड रूपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा परिचालन गरेकाे छ ।अघिल्लो आर्थिक वर्षमा बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियाे ।

गत असार मसान्तमा बैंकको प्रतिसेयर आम्दानी घटेर १२.९२ रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी १७.४९ रुपैयाँ रहेको थियो । त्यस्तै, हाल बैंकको मूल्य आम्दानी अनुपात १५.३१ गुणा रहेको छ ।

Share News