काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिँदा १५ प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरिएको छ ।
मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ, जसअन्तर्गत, नेप्मेड्स अनलाइन फार्मेसी, इजी केयर अनलाइन फार्मेसी, अल्मा आरटेज(वाच कम्पनी), बाजेको सेकुवा रहेका छन् ।
बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुक, गुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै, बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विना शुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।