स्वास्थ्य मापदण्ड पालना नगरे एक महिना कैद १ सय जरिवाना हुने

<p>काठमाडाैं । आम नागरिकहरुले स्वास्थ्य मापदण्डहरु पालना नगरे १ महिना कैद र १ सय रुपैयाँ जरिवाना तिर्नु पर्ने भएकाे छ । आज काठमाडाैं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरु बसेर साे नियम लागु गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको हाे [&hellip;]</p>

काठमाडाैं । आम नागरिकहरुले स्वास्थ्य मापदण्डहरु पालना नगरे १ महिना कैद र १ सय रुपैयाँ जरिवाना तिर्नु पर्ने भएकाे छ । आज काठमाडाैं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरु बसेर साे नियम लागु गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको हाे ।

संक्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको बताइएको छ । उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा र्पुयाउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

Share News