काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र संचालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् । उनलाई कम्पनी संचालक समितिको बैठकले उक्त पदमा नियुक्त गरेको हो ।
शर्माले नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष कार्य गरी सकेका छन् । नेपालमा व्यवस्थापन विज्ञको रुपमा परिचित उनले विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् ।
उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिष्ट्रेशन विषयमा स्नातकोत्तर तह , त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एडमिनिष्ट्रेशन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट टुरिजम म्यानेजमेन्ट विषयमा अध्ययन गरेका छन् ।