फेसबुकमा अश्लिल सामाग्री पठाउने व्यक्ति पक्राउ

<p>काठमाडौं । फेक फेसबुक आईडी बनाई  फेसबुकमा अश्लिल सामाग्री पठाउने व्यक्ति पक्राउ परेका छन् ।  तनहुँ घर भई हाल काठमाडौको बालाजुमा बस्ने ३८ वर्षीय सविन राज मिश्र पक्राउ परेका हुन् । उनलाई हिजाे पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत काठमाडौ समक्ष पेश गरि ७ दिनसम्म लागू हुने गरी अनुसन्धान चलाइएको छ । मिश्र २०७६ सालमा पनि [&hellip;]</p>

काठमाडौं । फेक फेसबुक आईडी बनाई  फेसबुकमा अश्लिल सामाग्री पठाउने व्यक्ति पक्राउ परेका छन् ।  तनहुँ घर भई हाल काठमाडौको बालाजुमा बस्ने ३८ वर्षीय सविन राज मिश्र पक्राउ परेका हुन् ।

उनलाई हिजाे पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत काठमाडौ समक्ष पेश गरि ७ दिनसम्म लागू हुने गरी अनुसन्धान चलाइएको छ ।

मिश्र २०७६ सालमा पनि विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा समातिएका थिए । सोही समयमा २०७६ साल मंसिर २४ गते उनी जिल्ला अदालत काठमाडौंबाट एक लाख धरौटीमा छुटेका थिए ।

अश्लित तथा यौनजन्य सामाग्रीहरु कप्यूटर इन्टरनेट लगायत विद्युतीय माध्यमहरुबाट प्रकाशन, प्रशारण गर्नु सामाजिक नैतिकता विरुद्ध हुने भएकाले यसलाई गैर कानुनी मानिने साइबर व्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी नविन्द अर्यालले प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।

Share News