एक आपसमा मर्ज हुने लघुवित्त संस्थालाई पनि राष्ट्र बैंकले ल्यायो यस्तो सुविधा

<p>काठमाडौं । एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति हुने लघुवित्त वित्तीय संस्थाहरुलाई पनि राष्ट्र बैंकले विभिन्न सुविधाहरु ल्याएको छ । मंगलबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति कार्यान्वयन सम्बन्धि निर्देशिका जारी गर्दै विभिन्न सुविधाहरु ल्याएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ मा तोकिएका सुविधाहरु प्रदान गर्ने [&hellip;]</p>

काठमाडौं । एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति हुने लघुवित्त वित्तीय संस्थाहरुलाई पनि राष्ट्र बैंकले विभिन्न सुविधाहरु ल्याएको छ । मंगलबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति कार्यान्वयन सम्बन्धि निर्देशिका जारी गर्दै विभिन्न सुविधाहरु ल्याएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ मा तोकिएका सुविधाहरु प्रदान गर्ने उल्लेख गरेको छ ।

एक आपसमा गाभ्ने र गाभिने संस्थाहरुल २०७९ असार मसान्तसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने, वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०७९ असार मसान्त सम्मको लागि छुट प्रदान गर्ने बताएको छ ।

यस्तै, व्यक्ति/समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका संस्थाहरुलाई एक आपसमा गाभ्न/गाभिन निर्देशन दिइने उल्लेख गरिएको छ । यो व्यवस्था योभन्दा अगाडि थिएन ।

यस्तै, एक आपसमा गाभ्ने र गाभिने संस्थाहरुले एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई सीमा भित्र ल्याउन समय थप गर्ने, तोकिएको पुँजी कोष अनुपात पुर्याउनु पर्ने समय थप गर्ने र संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागु नहुने बताएको छ । यी सुविधा भने अघिल्ला वर्षमा लघुवित्तहरुले पाउँदै आएका थिए ।

Share News