काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले पनि ३० प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति कार्यान्वयन सम्बन्धि निर्देशिका जारी गर्दै सो व्यवस्था गर्न निर्देशन दिएको हो ।
निर्देशिकामा इजाजतपत्रप्राप्त संस्थाहरुले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने बताइएको छ ।
तर, यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७७ असार मसान्तमा कायम बचत/निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुन नपाउने राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।
त्यस्तै, खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्रप्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने बताइएको छ । यसअघि याे व्यवस्था थिएन ।